मनहरीमा हात्ती आतङ्क, जङ्गल प्रवेश नगर्न उपभोक्ता समितिको आग्रह

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार १७:१९
;

केही दिनदेखि मनहरीका ३ वटा वडामा जंगली हात्ति आएपछि स्थानीयबासीमा मध्यवर्ती उपभोक्ता समिति मनहरीद्वारा सूचना जारी गरिएको छ ।

बस्तीमा छिरेर  हात्तीले आतंक मच्चाउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दाहरु रातभर जागरम बस्न बाध्य भएका छन् ।

मनहरी गाउँपालिकाको वडा नं २, ३ र ४ का मानवबस्तीका जंगल छेउछाउ आएर जंगली हात्तिले मानवीय तथा भौतिक क्षति पुर्याइरहेकाले स्थानीयबासीलाई सचेत रहन समितिले आग्रह गरेको छ । मध्यवर्ती क्षेत्रका जंगलहरुमा अनुमति विना प्रवेश नगर्न मध्यवर्ती उपभोक्ता समितिले अनुरोध गरेको छ । 

पर्सा राष्ट्रिय निकुञ्जबाट छिरेका जंङगली हत्तीका कारण मनहरी गाउँपालिका वडा नं २ स्थित ठाडोखोला र गोगनघारी क्षेत्रका दुई सय घरपरिवार आक्रान्त बनेका छन् । 

मनहरी गाउँपालिका वडा नं २ का वडाध्यक्ष आनन्द घलानका अनुसार स्थानीय अर्जुन रुम्बा र नारायण रुम्बाको घर गए राति जंगली हात्तीले भत्काएपछि गाउँलेहरु आक्रान्त बनेको छ । 

चार दिनअघि मनहरी गाउँपालिका ३ मा ८० बर्षीया बृद्धलाई जंगलमा आक्रमण गरी मारेपछि जंगली हात्ती वडा नं २ तर्फ लागेको स्थानीयबासिन्दाले जनाएको छ । 

बस्ती छेउमा आइपुगेको हात्तीलाई सम्बन्धित बास स्थानमै फर्काउने पहल भइरहेकाले हात्तीलाई जिस्क्याउने, भीडभाड जम्मा गर्ने, तर्साउने काम नगर्नसमेत समितिले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*