चितवनमा ट्याङ्करको ठक्करबाट  पैदलयात्रीको मृत्यु

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार १९:१७
;

 चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार बिहान हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ८१४१ नम्बरको ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा ठक्कर दिँदा ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*