जलाउन लगेको महिलाको शव प्रहरीको नियन्त्रणमा

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार २१:४८
;

घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले  नियन्त्रणमा लिएको छ । विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव माइती पक्षको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार विहान मृत्यु भएकी साहको घाँटीमा चोट देखिएको छ । मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जनाइएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*