हेटौंडाका विद्यार्थीलाई ट्राफिक जनचेतना

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ हेटौंडामा सडक सुरक्षा अन्तर्गत ट्राफिक जनचेतना मूलक कार्यक्रम संचालन गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय वागमती प्रदेशको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।
ट्राफिक प्रमुख हरिविष्णु ढकालद्वारा सडक सुरक्षा अन्तर्गत ट्राफिक जनचेतना मूलक कार्यक्रम संचालन गरिएको हो ।
बिहिबार सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुसार बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उदे
श्य सहित हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित मोर्डन ईङ्गलिस स्कूल र प्रगती मा.वि. मा कक्षा १० मा अध्ययनरत छात्र छात्राहरुलाई ट्राफिक प्रमुख ट्राफिक प्रमुख हरिविष्णु ढकाललेसहितको समेतको टोलीले सडक सुरक्षा अन्तर्गत ट्राफिक सम्बन्धि जानकारी दिएका हुन् ।