चितवनमा दुर्घटना, दुई जनाको मृत्यु, २० जना घाईते

हेटौडा न्युज
३ माघ २०७६, शुक्रबार १८:५३
;

 चितवनको रामनगरमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । 

काठमाडौँबाट आउँदै गरेको बा १ च ७८३ नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।  

मृत्यु भएका दुबै जना बसको यात्रु हुन ।  शवको सनाखत भने भएको छैन ।  घाइतेहरुको भरतपुरका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*