लियो इन्टरनेशनल फ्रेन्डसिप युथ क्याम्पको तयारी तिव्र

लियो इन्टरनेशनल फ्रेन्डसिप युथ क्याम्पको तयारी तिव्र रुपमा भईरहेको छ । लियो जिल्ला परिषद ३२५ बि २ नेपालका आयोजना र लियो जिल्ला परिषद ३२५ बि २ रिजन २ हेटौंडाको समन्वयमा लियो इन्टरनेशनल फ्रेन्डसिप युथ क्याम्प मकवानपुरमा हुने भएको छ ।
आउदो माघ १६ गतेदेखि १९ गते (तीन दिन) सम्म संचालन हुने युथ क्याम्पमा प्रदेश नं. २ को विरगञ्जदेखि सुदुरपश्चिम प्रदेश सम्मका लियो क्लबमा आवद्ध सदस्यहरुको उपस्थिती रहने छ । युथ क्याम्पमा लियो मात्र नभई अन्य व्यक्तिहरु पनि सामेल हुन पाउने आयोजकले बताएको छ । आयोजकका अनुसार लियो इन्टरनेशनल फ्रेन्डसिप युथ क्याम्पमा विदेशी लियो सदस्यहरुलाई पनि सहभागी गराईने बताईएको छ ।
लियो जिल्ला परिषद ३२५ बि २ रिजन २ हेटौंडाको ड्रिम प्रोजेक्टको रुपमा लिएर तयारीको काम भइरहेको आयोजकले बताएको छ । हेटौंडाको २७ वर्षे लियो इतिहासमा पहिलो पटक युथ क्याम्प संञ्चालन गर्ने अवसर पाएको हो । यो महत्वपुर्ण अवसरको सदुपयोग गर्न लियो जिल्ला परिषद ३५२ बि २ रिजन २ ले कुनै पनि कसर बाँकी नछोड्ने बताएको छ । प्रदेश नं. १ बाहेक बाँकी रहेका प्रदेशबाट लियोमा लागेका करिव १ सय ५० युवालाई माघ १६ गते हेटौंडामा भव्यताका साथ स्वागत गर्ने र माघ १७ गतेदेखि मकवानपुरको उत्तरी क्षेत्र भिमफेदी हुँदै मार्खु, चित्लाङ्, दामन पालुङ र हेटौंडाका केही पर्यटकीय क्षेत्र भ्रमण गराउने कार्यक्रम तालिका सार्वजनिक गरिसकेको आयोजकले बताएको छ ।
विभिन्न तयारी समितीहरु गठन गरी तिव्र रुपमा काम गरीरहेको आयोजकले रजिष्ट्रेशन शुल्क सहित रजिष्ट्रेशन समेत खुलाइसकेको छ ।
पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर स्वदेशी तथा विदेशी ३० वर्ष भन्दा मुनिका युवाहरुको संस्था लियोका सदस्यहरुलाई मकवानपुर जिल्लाको पर्यटकीय क्षेत्र भ्रमण गराउने मुख्य उद्देश्य रहेको छ ।
लियो युथ क्याम्पमा भ्रमण मात्र नभई विभिन्न मनोरञ्जन, ट्रेनिङ, खेलकुद जस्ता कार्यक्रम रहने छ । यसबाट भ्रमण सँगसँगै नयाँ कुरा सिक्ने मौका प्रदान गर्नेछ ।
लायन्स क्लवको प्रोजेक्टको रुपमा स्थापना भएको लियो क्लवले आयोजना गर्न लागेको यस युथ क्याम्पमा विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ एरिया २ को हिजो २ गते विहिबार बसेको बैठकले समेत यस क्याम्पलाई सफल पार्न डिष्ट्रिक्ट, एरिया, रिजन, जोन र क्लव स्तरबाट कुनैपनि कसर बाँकी नछोडने प्रतिबद्धता गरेको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का फस्ट भाइस गर्भनर एमजेएफ लायन शम्भु नकर्मी, एरिया २ एरिया को चिफ लायन टासी डोल्मा तुम्बाहाम्फे, जोन २७ का जोन चियर पर्शन लायन किशोर कुमार टन्डन लगायतले बैठकमा बोल्दै युथ क्याम्पमा लायन्सबाट जुनसुकै प्रकारको सहयोग गर्न आफुहरु तयार रहेको बताएको हो ।
युथ क्याम्प मुल आयोजक समितीले विभिन्न विधाका ८ वटा समिती बनाई काम तिव्र रुपमा गरिरहेको छ । लियो जिल्ला परिषद ३२५ बि २ रिजन २ नेपालले सम्पुर्ण मकवानपुर जिल्लावासी, जिल्लाका विभिन्न संघ संस्थाहरुलाई यस क्याम्पलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।