पहिरोका कारण सिस्नेरी – दक्षिणकाली सडक खण्ड अवरुद्ध

हेटौडा न्युज
३ माघ २०७६, शुक्रबार २०:३७
;

पहिरोको कारण सिस्नेरी – दक्षिणकाली सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार बिहान देखि लगातार परेको पानीका कारण पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

सडक खण्ड अन्तर्गत काठमाडौं तर्फको दक्षिणकाली मन्दिर नजिक पहिरो गएको उक्त मार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बाटो अवरुद्ध भएसँगै काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा तर्फ आउने सवारी बिच बाटोमै रोकिएको जनाइएको छ । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*