१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

३ माघ २०७६, शुक्रबार २०:५०
करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो ।
बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले महरालाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।