पानी भरेको बाटामा डुबेर एक वर्षिय बालिकाको मृत्यु

३ माघ २०७६, शुक्रबार २२:१६
पानी भरेको बाटामा डुबेर महोत्तरीमा शुक्रबार दिउँसो एक वर्षीया बालिकाको मृत्यु भएको छ । बाथरुम (स्नान गृह) भित्र राखिएको बाटामा डुबेर सदरमुकाम जलेश्वर नगरपालिका १ निवासी रोशन साहकी १ वर्षीया छोरीको बाटामा रहेको पानीमा डुबेर मृत्यु भएको हो ।
खेल्दाखेल्दै बाथरुमभित्र गएकी उनी पानी भरिएको बाटामा डुबेकी थिइन् । उनको तत्कालै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।