लागुऔषध सहित ७ जना हेटौंडामा पक्राउ

हेटौडा न्युज
४ माघ २०७६, शनिबार १८:००
;

लागुऔषध र सेवन गर्न प्रयोग गर्ने सामानसहित मकवानपुर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । हेटौँडा–९ शान्तिटोलस्थित सुरेश त्रिपाठीको घरमा शंकास्पथ अवस्थामा बसिरहेका उनीहरुलाई जाँच गर्दा लागुऔषध र सामानसहित ५ जना युवा र २ किशोरी पक्राउ गरिएको हो । 

 इलाका प्रहरी कार्यालयको टोलीले शुक्रबार साँझ उनीहरुको साथबाट लागु औषध गाँजा ५७० ग्राम, लागु औषध गाँजाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चिमनी १ थान, माटोको चिमनी १ थान, लाईटर १ थान, मूर्तिजस्तो देखिने चिमनी १ थान, ग्याँस रिफिल ३०० एमएलको थान १, २ वटा स्कुटर र एउटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*