नवलपुरकी अजिता हेटौंडामा मृत अवस्थामा फेला, तारले बेरेर हत्या गरिएको आशंका

हेटौडा न्युज
४ माघ २०७६, शनिबार १९:००
;

हेटौँडामा एक तेस्रो लिंगीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार उक्त शव हेटौंडा उपमहानगरपालिका–११ नवलपुरकी ३९ वर्षीया अजिता भुजेल को रहेको जनाएको छ । 

हेटौंडा उपमहानगरपालीका वडा नम्बर ५  कान्तिलोकपथ अन्तरगत क्याम्पाडाँडाको मोडमा अर्धनग्न अवस्थामा शनिबार विहान भेटीएको हो । 

उनको शव बिहान स्थानीयले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए ।
घटनास्थलमा पुग्दा अन्दाजी २४र२५ वर्षको जस्तो देखिने उनको शव उत्तानो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

उनको घाटीमा बत्तिको तार बेरिएको थियो जसले गर्दा घाटीमा निलो डाम देखिएको र घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुसन्धान अधिकारीहरुले जनाएको छ । 

घटनाबारे विस्तृत अनुसन्धान भइहरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*