सिरहामा ट्र्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु, पाँच घाइते

हेटौडा न्युज
४ माघ २०७६, शनिबार २१:२८
;

सिरहाको गोलबजार नगरपालिका–७ मा ट्र्याक्टर दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । शनिबार अपराह्न पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ मा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

धनगढीमाई नगरपालिबाट कर्जन्हा नगरपालिकामा जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको साउण्ड सिष्टम र जेनेरेटर बोकेको ट्र्याक्टर बाख्रालाई जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको हो ।  

मृत्यु हुनेमा लहान–१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोर रहेको प्रहरीले जनाएको छ । घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । 

तीव्र गतिमा रहेको ट्र्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाएका दुवैको शव पोष्टमार्टमको लागि लहान लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*