अन्नपूर्ण बेसक्याम्पबाट ६२ पर्यकटकको उद्धार, ७ जना बेपत्ता 

हेटौडा न्युज
४ माघ २०७६, शनिबार २१:३९
;

अन्नपूर्ण बेसक्याम्पबाट ६२ पर्यकटकको उद्धार गरिएको छ । ६२ जनालाइ उद्धार गरेर छोमरोङ ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

७ जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको हेलिकोप्टर मार्फत खोजी र उद्धार कार्य भइरहेको रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार हिउँको डल्ला खसेर ४ जना कोरियाली र ३ नेपाली गरी ७ जना बेपत्ता भएको प्रहरीको भनाइ छ । अहिले उनीहरु पुरिएको स्थान देउराली भन्ने ठाउँमा पुगेर प्रहरी र स्थानीयले हिउँ पन्छाउन थालेका छन् ।

सम्पर्क विहीन भएकामा कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन्  । हराएका नेपालीहरुमा गाइड सरोज परियार बाहेक अन्य दुईको पहिचान खुल्न सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*