बसको ठक्करबाट मनहरीमा एक जनाको मृत्यु

हेटौडा न्युज
५ माघ २०७६, आईतवार १७:०२
;

मकवानपुरमा  बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं ७ मा गएराती बसले ठक्कर दिदाँ स्थानीय ४० वर्षीय भीमराज स्याङतानको  मृत्यु भएको हो । 

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साईकलयात्रीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका साईकलयात्री स्याङ्तानको हेटौैंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनाएको छ ।

बसको चालकलाई नियन्त्रणमा लिई घटनाको बारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*