हेटौँडामा फेरी एक युवतीको शव फेला, हत्या गरेको आरोपमा श्रीमान पक्राउ
हेटौँडामा फेरी एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीको स्थानिय २५ वर्षीय मिना अधिकारीको शव फेला परेको प्रहरीले जनाएको छ ।
युवतीको शव स्थानीय बासिन्दाले फेला पारेर प्रहरीलाई खवर गरेको थियो ।
प्रहरी सो स्थानमा पुगेर हेटौंडा मिनाको शव अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।
मिनाको हत्या गरेको आंशकामा उनका श्रीमान एकराज अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशीलसिंह राठोरले जनाएका छन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










