रुखबाट खसेर वडा सचिवको मृत्यु

हेटौडा न्युज
५ माघ २०७६, आईतवार १८:३४
;

काभ्रे जिल्लाका वडा सचिवको रुखबाट खसेर मृत्यु भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नं ९ दाप्चा छात्रेबाँझका वडा सचिव श्रीराम सत्यालको मृत्यु भएको हो । 

सत्याल आफ्नै बारीको रुख चढी घाँस झार्ने क्रममा  लडी शनिबार घाइते भएका उनको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए । वडा सचिवको लाश पोष्टमार्टमको लागि बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा राखिएको डिएसपी गिरीले बताए ।

५० बर्षीया सत्याल लामो समयदेखि नमोवुद्ध नगरपालिका वडा नं ९ को वडा सचिवको रुपमा रहेको नगर प्रमुख मेयर टंकप्रसाद तिमल्सिनाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*