नेपाली नक्कली नोटसहित दुईजना पक्राउ
प्रहरीले नेपाली नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौंको कंलकी चोकबाट एक हजारको ३१ थान नेपाली नक्कली नोट सहित दुईजनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ कलंकी चोकबाट बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगरलाई एक हजार दरको ३१ थान नेपाली नक्कली नोट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।