हेटौंडाका सामुदायिक विद्यालयमा शोक विदा 

हेटौडा न्युज
६ माघ २०७६, सोमबार १६:३७
;

हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा शोक विदा दिइएको छ । हिजो आइतबार हेटौंडा १८ दियावतिमा मुत अवस्थामा फेला परेकी मिना अधिकारीको मुत्युको शोकमा आज सोमबार विदा दिईएको हो । 

हेटौंडा १८ हर्नामाडिमा रहेको श्री गोरक्षनाथ माद्यामिक विद्यालयमा कार्यालय सहयोगिको रुपमा कार्यरत  अधिकारीको आइतबार रहस्यमय तरिकाले हत्यागरी फालिएको अवस्थामा शव फेलाको थियो ।

उक्त शोकमा हेटौंडा भित्रका सामुदायिक विद्यालयमा शोक विदा दिएको हो। नेपाल शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी र सचिव अमित बन्जराले संयुक्त विज्ञप्ति जारी गर्दै शोक विदाको आव्हान गरेका हुन।

यसमा तपाइको मत

Your email address will not be published.


*