घर भाडामा नदिन विप्लवको अपिल
धनकुटामा एनजिओ रआइएनजीओहरुलाई घर भाडामा नदिन विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले अपिल गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै घर भाडामा नदिन अपिल गरेको हो ।
जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तिमा एनजीओरआइएनजीओलाई घर भाडा नदिन वा भाडामा दिईएका त्यस्ता संघसंस्थालाई हटाउन घरबेटीलाई अपिल गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘दलाल पुँजीवादी संस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुनाले उक्त संस्थाको कार्यालय हटाइदिनुहुन अनुरोध छ । जनताको इच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पूरा गरिरहेकाले यस्ता संस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ ।’











