द्वन्द पीडितलाई बागमती प्रदेश सरकारको सहायता रकम
द्वन्द पीडितलाई बागमती प्रदेश सरकारले सहायता रकम वितरण गर्ने भएको छ ।
बागमती प्रदेश सरकारले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने भएको हो ।
स्वास्थ्य उपचार, सीप विकास र स्वरोजगारमूलक व्यवसायिक प्रयोजनको लागि प्रदेश सरकारले द्वन्द्व प्रभावित व्यक्ति तथा परिवारलाई सहायता रकम प्रदान गर्न लागेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले द्वन्द पीडितका लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन प्रदेश सरकारले जनाएको छ ।
द्वन्द्व प्रभावितलाई सहायता रकम माग गर्न निवेदन पेस गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले फागुन मसान्तसम्मको समयसीमा निर्धारण गरी सम्बन्धित स्थानीय तहमार्फत निवेदन दिन सूचना प्रकाशित समेत गरिसकेको छ ।
अब द्वन्द्व पीडित परिवारले फागुन मसान्त सम्ममा सहायता रकमका लागि आफ्ुनो स्थानिय तहमा निवेदन पेश गर्नुपर्ने छ ।गणतन्त्र प्राप्तिका लागि भएका अन्दोलनमा बेपत्ता भएका, घाइते तथा अपांग भएका, द्वन्द्वबाट प्रभावित परिवारलाई स्वास्थ्य, सीप विकास एवम् व्यवसायमा सहयोग गर्न
सहायता रकम प्रदानगर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयमार्फत
द्वन्द्व प्रभावित परिचयपत्र पाएकाहरूले कार्यविधिमा तोकिए बमोजिम कागजातसहित तीन शीर्षकमा सहायता रकम माग गर्न सक्नेछन् ।
औषधि उपचारका लागि प्रति प्रभावितले बढीमा २५ हजार रुपैयाँसम्म पाउने प्रदेश सरकारले बनाएको छ । त्यसका लागि सरकारी अस्पतालमा उपचार तथा औषधि गर्दा लागेको खर्च तथा बिरामी र कुरुवाको खानाको बिल पेस गर्नुपर्नेछ । बिमाले समेट्न नसकेका रोग लागेका बिरामीलाई पनि स्थानीय समितिको सिफारिसबमोजिम रकम प्रदान गरिने छ ।
१३ जिल्लाका ११९ वटा स्थानीय तहका लागि विनियोजन गरिएको कुल पाँच करोड रुपैयाँमध्ये गत वर्ष एक करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ ।