बागमती प्रदेश प्रहरीको बोर्डमा सच्चिएन नाम, प्रदेशको नाम ३ नं प्रदेश नै

हेटौडा न्युज
७ माघ २०७६, मंगलवार ०२:३३
;

प्रदेशको नामाकरण भएको आज नौ दिन विती सकेको छ । नौ दिन बितिसक्दा पनि प्रदेशका कतिपय मन्त्रालय र प्रदेश स्तरको कायालयको बोर्डमा प्रदेश ३ नै देख्न पाईन्छ ।

प्रदेशको नाम बागमती तोकेको नौ दिन बित्दा सम्म प्रदेश प्रहरी कार्यालयले बोर्डमा नाम सच्याउने तिर ध्यान सम्म दिएको छैन । प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशको नामाकरण भएको आज नौं दिन साझ सम्म पनि प्रदेशको नाम बागमती प्रदेशको सट्टा प्रदेश तिन नै राखेको हो ।

जनतालाई सुरक्षा दिने निकायको नै यस्तो तालले प्रष्ट हुन्छ कि नेपाल प्रहरीबाट जनताले कस्तो सेवा पाउने छन् । नेपाल प्रहरीको सेवालाई उत्कृष्ट मानिन्छ तर प्रदेशको नामाकरण पछि पनि नाम नसच्याउनुले प्रहरीको काम प्रति नै प्रश्न चिन्ह खडा भएको छ ।

गत पौष २७ गतेको प्रदेश सभाले प्रदेश ३ को राजधानी र नामाकरणको विषयलाई औपचारीकता दिदै प्रदेशको राजधानी हेटौंडा र नाम बागमती हुने गरी टुङेग्याएको थियो । 

प्रदेश सभाले नामाकरण टुङ्ग्याएको नौ दिन विती सक्दा पनि आफ्ना मन्त्रालय र कार्यालयको बोर्डमा प्रदेशको नाम लेख्न नसक्ने सरकार र कर्मचारीबाट जनताले कस्तो सेवाको अनुभुती गर्ने हो आसंको विषय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*