सालकको खपडासहित हेटौंडाका ३ जना पक्राउ
२ किलो १ सय ९० ग्राम सालकको खपडासहित मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय गौरव गौतम, ३१ वर्षीय कृष्ण बहादुर गोले र हेटौंडा–११ बस्ने ४८ वर्षीय सुर्य लामालाई पक्राउ गरेको हो ।
दुर्लभ वन्यजन्तु सालकको खपडा खरिद बिक्री भईरहेका विशेष सुचनाको आधारमा मकवानपुरका एसपी सुशील सिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरको हो ।
पक्राउ पर्नेहरुहरुलाई कानुनी कारबाहीका लागि वन विभाग पठाउन लागिएको एसपी राठौरले जनाएको छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारबाही हुने र रु ५ लाख देखि १० लाख सम्म जरिवाना वा ५ वर्ष देखि १५ वर्ष कैद या दुबै सजाय हुन सक्ने प्रावधान रहेको छ ।