हेटौंडाको नवलपुरमा दुर्घटना, एकको मृत्यु, एक गम्भिर घाईते

हेटौंडाको नवलपुरमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाईते भएका छन् । हेटौंडा उपमहानगरपालिका–११ मा दुर्घटना हुँदा चालक हेटौंडा १९ बस्ने २१ वर्षीय सुनिल स्याङतानको मृत्यु भएको हो ।
हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल विरीत दिशाबाट आउँदै गरेको ना ५ च १७७७ नम्बरको डिआई गाडीसँग ठोक्कीदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मनहरी गाउँपालिका–९ रजैया बस्ने १८ वर्षीय साजन भ्लोन घाईते भएका हुन् । स्याङतानको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । गम्भिर घाईते भएका भोलनको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने गाडी तथा चालक नुवाकोट घर भई हाल हेटौंडा–१० बसपार्कमा बस्दै आएका ४० वर्षीय कृष्ण पंडितलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी निरीक्षक ललन कुमार कुर्मीले जनाएको छ ।