११ वर्षीय बालिका बलत्कृत, दुईजना पक्राउ 

हेटौडा न्युज
८ माघ २०७६, बुधबार १७:१४
;

मोरङमा ११ वर्षीय बालिकालाई करणी गरेको र करणीको प्रयास गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।  अर्की एक किशोरीमाथि भने बलात्कार प्रयास भएको उजुरी प्रहरीमा पुगेको छ । दुवै घटनामा रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो । 

११ वर्षीया बालिका करणीको आरोपमा लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो  ।

कार्कीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जनाएको छ । 

त्यस्तै, १४ वर्षीया किशोरीमाथि करणी प्रयास गरेको आरोपमा लेटाङ–४ का २५ वर्षीय राजु दमाइँ पक्राउ परेका छन् ।
लेटाङ–५, खेरुवामा पढ्न जाँदै गरेकी १४ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दमाइँले करणी प्रयास गरेपछि किशोरी भागेर जोगिएको परिवारले दाबी गरेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*