ह्याकरहरु संगठित हुँदै, तेस्रो सम्मेलन काठमाडौंमा 

हेटौडा न्युज
८ माघ २०७६, बुधबार १८:२९
;

काठमाडौंमा तेस्रो पटक ८ महिनापछि ह्यकरहरुको सम्मेलन हुने भएको छ । आगामी सेप्टेम्बर २३–२५ मा ह्याकरहरुको सम्मेलन काठमाडौंमा हुने तय भएको हो । सम्मेलनमा सहभागी हुनेका लागी जुलाई देखि टिकट खुल्ला गरिने थ्रेटकनका संस्थापक सचिन ठकुरीले जनाएको छ । 

 मिति टुंगिनुअघि सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र संकलन एवं मूल्याङ्कनको काम हुने ठकुलीले बताए । 

सन् २०१८ को नोभेम्बर २१ देखि २३ मा आयोजना भएको पहिलो सम्मेलन चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागिताका लागि अनलाइनबाटै आवेदन र त्यसको शूल्क तिर्ने व्यवस्था मिलाइने थ्रेटकनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*