मकवानपुरको दामनमा भएको घटनाबारे छानबिन गर्न पाँचजनाको समिति गठन

हेटौडा न्युज
८ माघ २०७६, बुधबार १८:४७
;

पर्यटन विभागले मकवानपुरको थाहानगरपालिका ४ स्थित रहेको पानोरमा रिर्सोटमा आठ जना भारतीयको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मंगलरबार भएको घटनाबारे सत्यतथ्य बुझ्न विभागको होटल शाखाले बुधबार सूचना जारी  पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । 

घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली समिति गठन गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक रहनेछन्। यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र होटल संघ नेपालका एक-एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहेका छन् ।

यसैगरी उक्त घटनामा ज्यान गुमाउने सम्पूर्ण पर्यटकप्रति नेपाल सरकार‚ पर्यटन मन्त्रालय र पर्यटन विभागले दुःख व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*