लागुऔषधसहित हेटौंडाका बम्जन पक्राउ
पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसहित चालकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । टोलीले हेटौंडाका ३३ बर्षीय राजीव बम्जनलाइ १० बोतल लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अम्लेखगञ्जवाट खटिएको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा ना ४ ख ५५९० नम्बरको डिजल बोक्ने ट्यांकर चलाउने बम्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बम्जनका साथबाट प्रहरीले ‘वनरेक्स’ नामक लागुऔषध बरामद गरेको जनाईएको छ ।
पेट्रोलियम पदार्थ बोक्ने ट्यांकीको तेल निकाल्ने दाहिने पट्टी गेटभल भित्र प्लाष्टिकमा लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको ईप्रका सिमराका प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्द पुरीले जनाएको छ । पक्राउ परेका बम्जनमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।