घुस रकम सहित सब डिभिजन वन कार्यालयका प्रमुख पक्राउ

हेटौडा न्युज
८ माघ २०७६, बुधबार १९:४९
;

५ हजार घुससहित रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ पक्राउ परेका छन् ।

सेवाग्राहीसँग काठको सिफारिस गरेवापत ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रंगेहात पक्राउ गरेको हो ।

श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जनाएको छ । 

श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान  भइरहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*