अजिताको लिभिङ टुगेदर साथी फरार 

हेटौडा न्युज
८ माघ २०७६, बुधबार २२:१३
;

मृतक अजिता भुजेलसँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएका साथी उनको हत्या पछि फरार रहेको जनाईएको छ ।   बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमतीको रूपमा बस्दै आएका एक जना फरार रहेको खुलेको छ ।

भुजेल आवद्ध रहेको निल हिरा समाज, मकवानपुरकी संयोजक सुरज किरण थापाले आज बुधवार पत्रकार सम्मेलनमा अजिता लिभिङ टुगेदरमा बस्ने गरेको बताएका थिए । अजिताको साथीसमेत रहेकी थापाले विगत २ महिनादेखि अजिता एक व्यक्तिसँग लिभिङ टुगेदरमा बसेको जानकारी पत्रकार सम्मेलनमा दिएका थिए ।

भुजेल हेटौंडा–५ स्थित क्याम्पाडाँडामा गत माघ ४ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव घाँटीमा तारको डाम र टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो ।

उनका अनुसार सो व्यक्तिको फोटो देखाएको तर नाम र ठेगाना नबताएको थापाले जानकारी गराएका छन् । उनका अनुसार अजितासँग लिभिङ टुगेदरमा बस्ने व्यक्ति अहिले गायब छन् । सम्पर्क भन्दा बाहिर रहेको ती व्यक्ति डरले भागेको हो वा हत्यामा संलग्न भएकै कारण भागेको हो यकिन छैन तर फरार रहेको बताएका छन् ।  
अजिता भुजेलको हत्यामा अनुसन्धान गर्न मकवानपुर प्रहरीले पाच जनालाई पक्राउ गरिसकेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*