मकवानपुरको धियालमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

९ माघ २०७६, बिहीबार १८:०५

मकवानपुरको धियालमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बकैँयागाउँपालिका वडा न.२ धियालमा ना ६ त ६१८३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ट्रयाक्टर चालक निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय परशुराम सिटौलाको मृत्यु भएको हो ।
सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।