मकवानपुरको इन्द्रसरोवरमा महायज्ञ
मकवानपुरको इन्द्रसरोवरमा महायज्ञ हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा अवस्थित बत्सलादेवी माध्यामिक विद्यालयको आयोजनामा यहि माघ २२ गतेदेखि फाल्गुण १ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ हुने भएको हो ।
बत्सलादेवी माध्यामिक विद्यालयमा सुविधायुक्त सिभिल ईन्जिनियरिङ प्राविधिक शिक्षालय सञ्चालनका लागि महायज्ञको आयोजना गर्न लागेको महायज्ञ मूल समारोह समितिका संयोजक अशोक कुमार ठकुरीले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रममा बालन्यास पं. श्री मुकुन्द नेपालको वाचकत्वमा संगीतमय भावपूर्ण कथा प्रवचन तथा आचार्य पं. श्री मनोज नेपालबाट पाठपारायण हुने महायज्ञ मूल समारोह समितिका सदस्य सन्तोष बानियाँले जानकारी दिएका छन् । माघ २२ गते बिहान ८ः१५ माबत्सलादेवी मन्दिरबाट पूर्वाङ्ग पूजा तथा कलशयात्रा सुरु गरी दिउँसो ११ बजे महायज्ञको समुद्घाटनको कार्यतालिका रहेको जनाइएको छ ।
फाल्गुण १ गते पूर्णाहुती, महाप्रसादवितरण गरिनुका साथै प्रत्येक दिनभगवानको दिव्य झाँकी लीला प्रदर्शन, विशेष आरती, पाठपारायण, कथावाचन, तिलार्चन लगायतका कार्यक्रमहरु रहने छन् ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको लागी गठित “श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ” मुल समरोह समिति गठन गरिएको जनाईएको छ ।