साढे १४ केजी गाँजासहित दुई जना पक्राउ

९ माघ २०७६, बिहीबार २०:०७
१४ किलो ५ सय ग्राम लागूऔषध गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–९ बाट विष्णुपुर गाउँपालिका–५ का २९ वर्षीय सुनिलकुमार पासवान र धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय महेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स ७ प १२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषध गाँजासहित फेला पारी पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।