काठमाडौंको धोबीखोलामा नवजात शिशुको शव फेला

९ माघ २०७६, बिहीबार २०:१९
काठमाडौंको चाबहिलस्थित धोवीखोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ । हेर्दा सात महिनामा जन्माएजस्तो देखिने शव कपडाले बेरेर सालनालसहित फालेको अवस्थामा बिहिबार फेला परेको हो ।
शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिशुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
शिशु कसले फालेको भन्नेबारे अनुसन्धान थालिएको प्रवक्ता प्रहरीले जनाएको छ ।