कार्यक्रमका लागि अमेरिका गएकी उपमेयर उतै ‘हराइन्’
कालिकोटको एक नगरपालिकाकी उपमेयर गोष्ठीमा सहभागी हुन अमेरिकामा गएपछि उतै ‘हराएकी’ छिन्।
अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली सम्पर्क विहिन भएकी छिन् । अमेरिका गईसकेपछि कुनै पनि खबर नगरेको तिलागुफाका मेयर रत्न बहादुर शाहीले जनाएको छ ।
उपमेयरले अमेरिका गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर गएपछि कुनै जानकारी नगराएको मेयर शाहीले बताएका छन् ।
उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी उपमेयरसँग अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले बताएका छन् । उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको मेयर शाहीले जनाएको छ।