७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार २१:५५
;

प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उदेश्यका साथ देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । आगामी वर्षदेखि ७७ वटै जिल्लामा स्वास्थ्या बिमा कार्यक्रम लागु हुने भएको हो । 

आगामी वर्षभित्र देशभरका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो । २०७२ साल चैत २५ गतेदेखि कैलालीबाट सुरु भएको उक्त कार्यक्रम हाल ५० वटा जिल्लामा सञ्चालित छ ।

बीमा कार्यक्रम रुपन्देही, पर्वत, तेह्रथुम, धनकुटा, नुवाकोट, सप्तरी लगायतका ११ जिल्लामा तुरुन्तै लागू गरिने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*