कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

चार हजार घुस रकमसहित जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारी पक्राउ परेका छन् । कार्यालय सहयोगी केशवकुमार यादवलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
यादवले सेवाग्राहीलाई मुद्दा मिलाइ दिन्छु भन्दै ४ हजार रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै करारमा कार्यरत रहेका यादवलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यादवमाथि थप अनुसन्धानका लागि सम्पर्क कार्यालय इटहरी लगिएको छ।