हेटौंडाको मानसचोकमा फेला परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार १९:४४
;

हेटौडा उपमहानगरपालिका-२ स्थित मानस चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा  डिस्पोज गरिएको छ ।

शुक्रबार मानस चोकमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको हो ।  मकवानपुर प्रहरीले अब सो शंकास्पद बस्तुबाट कुनै खतरा नरहेको जानकारी दिएको छ ।

शंकास्पद वस्तु फेला परेपछि त्रसित बनेका स्थानियहरुमा अहिले भने केही राहत मिलेको छ । सेनाको बम डिस्पोजल टोलिले देखिएको वस्तुलाई डिस्पोज गरेसँगै कुनै पनि विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*