दीपक मनाङे विरुद्ध कुटपिटको उजुरी दिने एन्फाका अध्यक्ष पक्राउ
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङविरुद्ध कुटपिटको उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरेको हो । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको डीएसपी राजकुमार केसीले जनाएको छ ।
यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले दिएको उजुरीका आधारमा दीपक मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।
मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् ।