सहिद सप्ताह शुभारम्भका तस्वीरहरुः

साताव्यापी रुपमा मनाइने सहिद सप्ताहको आज औपचरीक रुपमा शुभारम्भ गरिएको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरेका हुन् ।
साताव्यापी कार्यक्रम अन्र्तगत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्य स्थानिय संघ संस्थालगायत जनप्रतिनिधिको सहभागिता थियो ।
पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरुभएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।
पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरुभएको पदयात्रा स्मारकमा पुगेर समापन भएको हो ।
बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले आजदेखि यही माघ १६ गतेसम्म शहीद सप्ताह मनाउन लागेको हो ।
सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा म्याराथुन, वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ ।