भन्सार छलेर ल्याएको कपडासहित हेटौंडाकी थापा पक्राउ

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार २१:४०
;

भन्सार छलेर ल्याएको कपडासहित हेटौंडाको एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याएको १ लाख १७ हजार ७ सय बराबरको कपडा सहित हेटौंडा उपमहानगरपालिका वडा नं. ९ बस्ने ४३ वर्षकी रिता थापालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजाराको कमाण्डमा खटीएको टोलीले हेटौंडा बसपार्कमा उक्त परिणामको कपडा सहित थापालई पक्राउ गरेको हो । 

जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं। १० स्थित बसपार्कमा विशेष सूचनाको आधारमा विरगञ्जबाट चितवन तर्फ जाँदै गरेको बसमा चेक जाँच गर्ने गर्दा उक्त परिणामको कपडा बरामद गरेको प्रहरीले जनाएको छ । 

आवश्यक कारवाहीको लागि विरगञ्ज भन्सार पठाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*