११ गतेदेखि तीनदिन सार्वजनिक विदा

१० माघ २०७६, शुक्रबार २२:३०
सोनाम ल्होछार पर्वको अवसरमा पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । तामाङ जातिको बाहुल्य भएकोले ल्होछारमा पालिका क्षेत्र भित्रका सबै कार्यालयहरुमा माघ ११ गतेदेखि १३ गतेसम्म सार्वजनिक विदा दिइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापाद्वारा जारी सूचनामा तामाङ जातिको नव वर्ष २८५६ औं सोनाम ल्होछारको शुभकामना समेत प्रदान गरेको छ ।