शुल्क वृद्धिको निर्णय स्थगन, विद्यार्थीको अनसन स्थगीत
क्याम्पस प्रशासनले शुल्क वृद्धिको निर्णय स्थगन गरेपछि विद्यार्थीले रिले अनसन स्थगित गरिएका छन् । विगत १९ दिनदेखि विद्यार्थीहरु रिले अनसन बसीरहेका थिए ।
क्याम्पस संचालक समितीका अध्यक्ष अनन्त पौडेलले स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष शिशिर पराजुली, अनेरास्ववियू क्याम्पस कमीटी अध्यक्ष एम. वि. बस्नेत र अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस कमीटीका अध्यक्ष रामकृष्ण शिवाकोटीलाई जुस खुवाएर विद्यार्थीहरुले अनसन स्थगीत गरेका हुन् ।
गत पुस २० गते क्याम्पस संचालक समितिको बैठकले गरेको शुल्क वृद्धि गर्ने निर्णय पश्चात विद्यार्थीहरुले वोरो गर्दै आएका थिए । शुल्क वृद्धिको निर्णय खारेज गर्नु पने माग राख्दै गत पौष २२ गते देखि अनसन बसेका थिए ।
आज शनिबार क्याम्पस संचालक समितिले प्रेस विज्ञप्ती जारी गर्दै शुल्क वृद्धिको निर्णय स्थगीत गरे पछि आन्दोलनमा होमीएका स्ववियु लगायत अरु विद्यार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), ले अनसन स्थगीत गरेका हुन् ।
सम्पुर्ण विद्यार्थी संगठनहरुको मागलाई मध्यनजर गर्दै गत माघ १० गतेको बैठकले शुल्क वृद्धिको निर्णय स्थगन गरेको प्रस विज्ञप्तिमा जनाएको छ ।
यसैगरी, शुल्क वृद्धि स्थगत गरिएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखि क्याम्पस कमिटिका अध्यक्ष कुमार के.सि.ले बताएका छन् ।
त्यस्तै, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष शिवाकोटीले हाललाई अनसन मात्र स्थगीत गरेको बताएका छन् ।