सरकारी एम्बुलेन्सले नै लागूऔषध गाँजा ओसार्न थालेपछि बिश्वास कस्को गर्ने ?

हेटौडा न्युज
१२ माघ २०७६, आईतवार २३:४२
;

मकवानपुर प्रहरीले विरामी बोक्ने सरकारी एम्बुलेन्सबाट लागूऔषध गाँजा बरामद गरेको छ । सुराकीको आधारमा बिरामी बोक्ने सरकारी एम्बुलेन्सबाट लागूऔषध गाँजा ३० केजी ६ सय ग्राम बरामद गरेको हो । प्रहरीले गाँजासहित एम्बुलेन्समा गाँजा लैजादै गरेका ३ जनालाई हिजो शनिबार साँझ पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका वडा नम्बर ९ बस्ने ३९ बर्षीय मोहमद खलिद, डुमरिया–४ का १९ बर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ बर्षीय विनोद सहनीलाई पक्राउ गरी आज आईतबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको रौतहट, डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा प्रहरी टोलीले चेकजाँच गर्दा ३ वटा झोलामा ६ वटा पोका बनाई एम्बुलेन्स भित्र लुकाई राखेको ३० केजी ६ सय ग्राम लागुऔषध गाँजा बरामद भएको थियो । प्रहरीले ९१ हजार रुपैँया र २ हजार २ सय भारतीय रुपैँया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैँया जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान बमोजिम हुने बताईएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*