१० केजी गाँजासहित २ जना पक्राऊ

हेटौडा न्युज
१२ माघ २०७६, आईतवार २३:४८
;

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हिजो साँझ करीब ८ बजेतिर पूर्वपश्चिम राजमार्गको हेटौंडा वडा नम्बर १० को सडक खण्डबाट यात्रुबाहक ना. ७ ख ६९० नम्बरको बसबाट १० केजी ५ सय ६० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले सो बसमा यात्रुका रुपमा सवार मकवानपुर राक्सिराङ्ग वडा नम्बर ९ का ३५ बर्षीय ज्ञानबहादुर प्रजा, वडा नम्बर २ का ४२ बर्षीय कान्छाराम मुक्तानलाई समेत पक्राऊ गरेको उनीहरुले बोकेको झोला चेकजाँच गर्दा सो परिमाणको लागूऔषध फेला परेको मकवानपुर प्रहरी प्रमुख सुशिलसिंह राठौरले पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेका छन् ।बताएका छन् ।  
पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैँया जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान बमोजिम हुने बताईएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*