लागूऔषध नाईट्रोभेटसहित २ जना पक्राऊ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सहित २ जनालाई पक्राऊ गरेको छ । प्रहअरीले आज गरेको पत्रकार सम्मेलनमा ७२ थान लागूऔषध नाईट्रोभेट सहित पक्राऊ परेकालाई पनि सार्वजनिक गरेको छ । प्रहरीले लागूऔषध सहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का २२ बर्षीय बिजय डिमडुङ्ग र वडा नम्बर १६ बस्ने बर्ष २५ का सोम थोकरलाई पक्राऊ गरेको जनाएको छ । हिजो शनिबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बाट शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई सो परिमाणको लागूऔषध सहित पक्राऊ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ बर्षदेखि १० बर्षसम्म कैद र १ लाख देखि २० लाख रुपैयाँसम्म जरिवाना हुने मकवानपुर प्रहरीले बताएको छ ।