अज्ञात समुहद्वारा मकवानपुरको दुई एनसेल टावरमा आगजनी 

हेटौडा न्युज
१३ माघ २०७६, सोमबार १६:४०
;

अज्ञात समुले मकवानपुरको दुई वटा  एनसेल टावरमा आगजनी गरेको छ  ।  भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमा गएराति आगजनी भएको हो ।

आगजनीबाट टावरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । घटनापछि देउरालीमा इलाका प्रहरी कार्यालय भीमफेदी र हेटौंडा उपमहानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पठाइएको छ ।

विप्लव समूहको संलग्नता आगनजी भएको अनुमान गरेको  जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*