२२ लाख ८२ हजार नगदसहित १६ जना जुवाडे पक्राउ
२२ लाख ८२ हजार रुपैयाँसहित १६ जना जुवाडे पक्राउ परेका छन् । धनगढी–३ को रोस हाउस रेस्टुरेन्टनजिकै तिलक अधिकारीको घरमा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अधिकारीसहितका व्यक्तिलाई जुवा खालबाट पक्राउ गरिएको हो।
कैलाली गोदावरी-१० का रवीन्द्र शाही, धीरेन्द्र चन्द, भुवन कुँवर, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरू, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मंगल ठगुन्नालाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।