नेपाली सेनाद्वारा बम डिस्पोज, थप अनुसन्धानका लागि हेटौंडा

हेटौडा न्युज
१३ माघ २०७६, सोमबार १९:२७
;

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसरीको घर अगाडी फेला परेको बम नेपाली सेनाद्वारा डिस्पोज गरिएको छ । 

वीरगञ्जस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो ।  ‘प्रेसर कुकरभित्र इलेक्ट्रिक वायर, डेटोनेटर र ब्याट्री समेत भेटिएको छ,’  उनले भने, ‘बम त बम नै थियो, कुन प्रकारको हो भनेर भन्न सक्ने अवस्था छैन ।’ चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले बताए ।  

बमको बारेमा बढी जानकारी राख्ने दक्ष इन्जिनियर हेटौंडास्थित पृतनामा हुने भएकोले बरामद भएका समान थप अनुसन्धानका लागि हेटौंडा पठाउने तयारी भइरहेको उनले बताए ।

घर अगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यस क्षेत्रमा सर्वसाधरणलाई आवतजावत गर्न रोक लगाएर सेनालाई खबर गरेको थियो ।

प्रहरीले सीसीटिभी क्यामेरा फुटेज हेर्ने लगायत थप अनुसन्धान सुरु गरेको छ । फुटेजमा तीन जना युवा त्यस क्षेत्रमा देखिएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*