कानुनभन्दा ठूलो म होइन, कारबाही स्वीकार गर्छु: आस्था राउत

अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आस्था राउत काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी छिन् । उनले कानुनभन्दा माथि कोही नभएको बताउँदै कानुनी कारबाही स्वीकार गर्ने बताएकी छन् ।
राउतले भनिन् ‘‘मलाई मेरा कुरा सहज रुपमा राख्न दिइएको छ । कानुनलाई सहयोग गर्न नै म आएकी हुँ । कानुनभन्दा ठूलो म पनि छैन । कानुनी कारबाही स्वीकार गर्न तयार छु ।’’
आस्थाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा जाँचका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा अभद्र व्यावहारमा मुद्दा दर्ता गरिएको थियो । आस्था भारतमा सांगीतिक कार्यक्रमका लागि गएकी थिइन । फर्किएलगत्तै आस्था आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
उनलाई सोमबारै जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ ।











