ब्यान्डेज बाँधेर दौडिएकी ११ वर्षीय बालिकाले जितिन् ३ स्वर्ण

हेटौडा न्युज
१३ माघ २०७६, सोमबार २२:१०
;

फिलिपिन्सकी ११ वर्षकी एक धाविकाबारे अहिले सामाजिक सन्जालमा निकै धेरै समाचारहरु सेयर भइरहेका छन् । किनकि उनले जुत्ता नभएकाले कपडाको ब्यान्डेज बाँधेर स्वर्ण पदक जितेकी छिन् । 

फिलिपिन्सको इलोइलो प्रान्तको एक स्कुलमा इन्टरस्कुल एथलिट्स प्रतियोगिता भएको थियो । यसमा ११ वर्षकी रिया बुलोसले जुत्ता नलगाई स्कुलको ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटर दौड जितेकी हुन् । उनले यी तीनै स्पर्धामा स्वर्ण पदक जितेकी हुन् । 

जुत्ता नलगाए पनि उनले बाँधेको ब्यान्डेजमा चाहिँ नाइक लेखिएको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*